मकवानपुरबाट प्रदेशसभामा कांग्रेसका इन्द्र बानियाँ निर्वाचित

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा निर्वाचित भएका छन् ।

उनले १८ हजार ७१७ मत ल्याउँदै नेकपा एमालेका लालबहादुर थापामगरलाई पराजित गरे । थापाले १६ हजार ९३५ मत प्राप्त गरे ।

मकवानपुर-२ को प्रदेशसभा २ मा तीन स्वतन्त्रसहित १० जना उम्मेदवारी थिए ।