दैलेख क्षेत्र नम्बर–२ (क)मा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी


दैलेख : दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (क) मा गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारीले नेकपा एमालेका तिलक प्रसाद रिजाललाई एक हजार ३०५ मतले हराएका हुन्।

भण्डारीले जम्मा खसेको मत २२ हजार ९४२ गणना गर्दा १० हजार ८०० मत पाएका हुन्। एमालेका रिजालले ९ हजार ४९५ मत प्राप्त गरेका छन्। प्रदेश सभामा निर्वाचित भण्डारी पूर्व दुल्लु नगरपालिकाका प्रमुख समेत हुन्। उनी देउवा निकट नेता हुन्।

यस्तै, राप्रपाका यज्ञबहादुर थापाले ४७८, नेमकिपाका मदन भण्डारीले ३३७, हाम्रो नेपाली पार्टीका प्रेमबहादुर भण्डारीले ४७२, स्वतन्त्र पुरुषोत्तम रिजालले २७० मत ल्याएका छन् ।