गगन थापाको क्षेत्रमा एमालेका जयराम थापा विजयी

काठमाडौं : काठमाडौं–४ (२) मा एमालेका जयराम थापा विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कुसुम कार्कीलाई पराजित गर्दै थापा विजयी भएका हुन् ।

थापाले १ हजार ३१७ ल्याएका छन् भने कार्की ८ हजार ३८२ मात्र मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी पुण्यलाल श्रेष्ठले ५ हजार १७७ ल्याएका छन् । गठबन्धनको पराजयमा राप्रपाले पाएको अप्रत्याशित मतलाई हेरिएको छ । बागमती प्रदेशका निवर्तमान सांसद कार्की पराजित भएपछि गठबन्धनले कांग्रेसलाई मात्र राहत देखिएको छ ।

कांग्रेस महामन्त्री थापा काठमाडौं –४ बाट ७ हजार ४४७ मतान्तरले विजयी भएका छन् । यस्तै काठमाडौँ क्षेत्र नं ४ (१) मा पनि कांग्रेस श्रीराम लामिछाने विजयी भएका छन् ।