झापा क्षेत्र नं. २ बाट एमालेका कार्की निर्वाचित

विवश गौतम
विराटनगर: मंसिर ७ गते बुधबार। प्रदेशसभा १ मा झापा क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार एकराज कार्की निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका तर्फबाटका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२,६३० मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका छन् ।

कार्कीले १८,७३१ मत ल्याउँदा पोखरेलले ६,१०१ मत प्राप्त गरेका थिए। राप्रपासँग चुनावी तालमेल गरेका कार्की २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।