मधेस प्रदेश सभामा एकीकृत समाजवादीले खोल्यो खाता

सर्लाही : मधेस प्रदेशको प्रदेश सभातर्फ नेकपा एकीकृत समाजवादी (एस) ले पनि विजयीको खाता खोलेको छ।

सर्लाही क्षेत्र नम्बर १ (२) बाट एसकी बेची लुंगेलीले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई हराएकी हुन्। निवर्तमान प्रदेशसभा सदस्य लुंगेलीले १३ हजार ६७७ मत ल्याउँदा लामाले ६ हजार ९७८ मत ल्याइन्। स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ९४५ मत ल्याए।