चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै

निराज रानाभाट
चितवन : चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का उपाध्यक्ष विक्रम पाण्डेको अग्रता कायमै रहेको छ । हलो चुनाव चिन्हका उमेदवार विक्रम पाण्डेले १२ हजार ६ सय ५० मत प्राप्त गरेका छन ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले पछ्यादैँ छन । घण्टी चिन्हकी उमेदवार जिता बरालले ७ हजार १ सय ३० मत प्राप्त गरि पाण्डेलाई पछ्यादैँ छिन् ।

बराल भन्दा पाण्डे ५ हजार ४ सय ११ मतले अगाडी छन । यस्तै, गठबन्धनका हसिया हथौडा चिन्हका उमेदवार डा. भोजराज अधिकारीले ७ हजार २ सय ३९ मत प्राप्त गर्दा स्वतन्त्रका माछा चिन्हका उमेदवार दिनेश कोइरालाले ४ हजार ६ सय ५ मत मात्र प्राप्त गरेका छन ।