बीबीएस र बीए प्रथम बर्षमा जया क्याम्पसको उत्कृष्ट नतिजा

काठमाडौं : जया मल्टिपल क्याम्पसले बीबीएस प्रथम बर्ष र बीए प्रथम बर्षमा उत्कृष्ट नतिजा ल्याएको छ । व्यवस्थापन सङकायतर्फको स्नातक तह चारबर्षे बी़.बीएस प्रथम बर्षको परीक्षामा जया मल्टिपल क्याम्पसले उत्कृष्ट नतिजा ल्याएको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७८ साल श्रावण महिनामा सञ्चालित परीक्षामा जया क्याम्पसका ७० प्रतिशत विद्यार्थी उच्च अंकका साथ उतीणर् भएका छन् । बी.बीएसमा जया क्याम्पसकी ग्रीष्मा श्रेष्ठले ८१ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट हुन सफल भएकी छन् । यस्तै त्रिवीले प्रकाशन गरेको मानविकी तथा सामाजिकशास्त्र अन्तरगत ४ बर्षे बीए प्रथम बर्षको नतिजामा पनि जया कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

बीए प्रथम बर्षमा ९० प्रतिशत विद्यार्थीले उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । बीए प्रथम बर्षको नतिजामा स्वस्तिका कुमारी उप्रेती ८० प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट हुन सफल भएकी छन् । नतिजा राम्रो आउनुमा सूचना प्रविधिको उच्चतम प्रयोग, सिकाई पद्धति र अनुभवी शिक्षक तथा विद्यार्थीको मेहनत नै प्रमुख कारण रहेको क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले बताउनुभयो ।

काठमान्डौं गोकणश्वर नगरपालिका माकलबारीमा रहेको जया मल्टिपल क्याम्पस न्यूनतम शूल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा परिचित रहेको छ । जया क्याम्पसमा हाल कक्षा ११ र १२ मा विज्ञान ,मानविकी ,व्यवस्थापन र कानुन संकायमा अध्यापन भईरहेको छ । त्यस्तै स्नातक तहमा बीबीएस्, बीए, बीएसडब्लू, बीसीए, बीबीएम र मास्टर डिग्रीमा एमबीएस संकायमा कक्षा संचालन भईरहेको क्याम्पस प्रमुख पौडेलले जानकारी दिए ।