विश्वप्रकाश शर्मा २२ सय बढी मतले अगाडि

झापा : झापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले २२ सयभन्दा बढी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका छन्।

अहिलेसम्मको मतपरिणामअनुसार शर्माले ५३४३ मत ल्याएका छन्।उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अग्नी खरेलले ३१०८ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ९७५ मत ल्याएका छन्।