दैलेख- १ मा समाजवादीका थापालाई पछि पार्दै एमालेका शर्माको अग्रता

पुष्कर खड्का 

दैलेख : दैलेख १ मा समाजवादीका अम्मर बहादुर थापालाई पछि पार्दै एमालेका रविन्द्रराज शर्माले १ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।

एमालेभन्दा १ सय ५३ मतले पछि रहेका समाजवादीका थापाले १ हजार २ सय १५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी राप्रपाका कुन्ती कुमारी शाहीले ८२ प्राप्त गरेकी छन् भने जनमोर्चाका प्रकाश गुरुङले ५० मत प्राप्त गरेका छन् ।

त्यसैगरी  ईन्द्रप्रसाद शर्मा (घण्टी)१७ ,भुपाल बहादुर थापा(करुवा)ले  ५ मत पाए भने   २८  मत बदर भएका छन् ।