रुपन्देहीका पत्रकार एनबी कंडेलको मोटरसाइकल दुर्घटना परी निधन

रुपन्देही : शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगर स्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स ९सिमेन्ट घोल्ने सवारी० ले ठक्कर दिदा मोटरसाइकल चालक सवार कंडेलको निधन भएको हो ।

रुपन्देही सैनामैना नगरपालिका(१ रानी बगिया निवासी अन्दाजी ३६ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रुपमा आबद्ध थिए ।