मन नलागी नलागी पकाएको खाना

मन नलागी नलागी पकाएको खाना
“ए पण्डु म मिन्स भएँ नि।”
म कोठामा आइसकेपछि पनि कल आएन बरु मेसेज आयो। गुनासो गरिरहन्छिन्। ‘कल होस् या मेसेज पहिलो गर्ने मै हो’ भनेर। मलाई नि चाह हुन्छ। म पहिलो बनूँ तर सधैँ उनी हुन्छिन्। उसो त उनलाई जिताएर आफू हार्नुमा मजा छ।
‘सरम लागेर हो कल गरेर भन्न नसकेको? मेसेज नै लेख्न पर्ने गरी सरम लाग्न कहिलेदेखि थाल्यो महारानीलाई?’
मैले मेसेजको रिप्लाई लेखेँ।
कामबाट फर्केकोले कपडा फेर्दै थिएँ। त्यतिन्जेल पनि कल आएन। अत्यास लाग्यो। सदा त कपडा खोल्नु र झुण्डाउनु उनकै आदेशमा हुने हो। कुन कपडा लगाउने उनकै आदेशमा तर आज कपडा फेर्दै गर्दा पनि कल आएन र अत्तालिएँ। के भयो त त्यस्तो झैँ लागेर कल गरेँ।
खासमा उनले त मेसेमा लेखेकै थिइन्। मैले त्यही मेसेजको रिप्लाई त लेखेँ तर मिन्स हुँदा उनलाई कति पीडा हुन्छ भन्ने बिर्सिएछु। त्यति मात्र हैन, भोलि मिन्स हुने दिन हो है भनेर मैले सम्झाउने हो। मैले गुगल क्यालेन्डरमा अलार्म सेट गरेको छु। तर यसपालि दुई दिन अगाडि नै उनको मिन्स। निकै समय भएको थियो ठिक ठिक समयमा मिन्स भएको थियो। अचानक गडबड भएछ।
दिन पुगेर हुने मिन्सभन्दा थपघट भएर हुने मिन्सले अलि फरक पीडा दिने कुरा बताउँथिन्। उसो त मिन्स भएको बेला टेबलको पानी तानेर खाने जाँगर पनि चल्दैन भन्छिन्। आज पनि उनलाई बोल्न मन नलागेकै हो त्यसैले मेसेज पठाइन्।
तर मनले कहाँ मान्ने र भिडिओ कल गरेँ। पल्टिरहेकी थिइन्। त्यसै उनीप्रतिको प्रगाढ प्रेम। शरीर नसक्ने भएपछि अनुहारको मुद्रा, छिरलिएको त्यो बाक्लो कपाल, सिरानीमा दबिएको डिम्पलवाला गाला र आँखा। पछाडि भित्तामा लोकसेवाको किताब खुल्लै ठडिएको थियो।
त्यो वातावरण, उनको मुहारले फेरि एक पटक मनलाई बेस्सरी मिल्काएँ काँडे झ्याङतिर, होस् जे परे पर्छ जान्छु अहिल्यैजस्तो बनेर मन आत्तियो।
‘कस्तो छ बाबा अहिले?’
उनको चकचके बानी कहाँ जाने र। ब्लाङ्केट हुर्राइन्। र भनिन् ‘ठीकै छ।’ ठीकै छ भन्दै गर्दा उनले खुट्टा पनि उचाली दिइन्।
‘हे…. फटाहा के गरेको।’
‘के गरेँ र मैले? जिन्स पाइन्ट लाइएको छ बाबै, त्यति विधि हुस्सु पनि नसोचम्’
एक छिन् शान्त बसिन्। उनले आँखा बन्द गरिरहन्थिन्। यस्तो लाग्थ्यो यस्तो बेला छेवैमा हुन पाउँ, दुखिरहने ढाडमा प्रेमि स्पर्शसहितको मसाज गरिदिऊँ, चोरी चकारी पनि हुन्छ। पकाऊँ खुवाऊँ, सबसे ज्यादा त बेस्सरी जतन गरूँ। खैर यो पनि सपना नै भो। प्रवासले लुट्यो।
‘ल ल खाना बनाउनू। गई हाल्नु। मलाई बोल्न मन छैन। कति हेर्ने हो त्यही अनुहार। ढिसमिस हुनु।’
मैले केवल हवस् भनेँ।
‘बाबा सुन्नु त’
एक छिन् चुप बसिन्। के भन्न लागेको होला भनेर कान ठाडो पारेको। ट्होइट रे। अनि खित्का छोडेर हाँसिन्।
उनको हाँसोलाई एकनास हेरेँ। पग्लिएँ। ‘धेरै हाउडे नहुनु त। उठेर खान खानु। कलेज नगए पनि अफिस त जानु पर्‍यो नि।
मैले प्रेमले ऊर्जा भरेँ। ऊर्जाले उनी उठिन्। तर बेडमा बसेर हात फालेर भन्छिन्। ‘मन नलागी नलागी पकाएँ। खान मन छैन।’
‘म खाना पकाउन जान्न हजुरले खानु। म हेर्छ। खाइ सकेर हजुर निस्किएपछि म पकाउन जाउँला नि त। ए साँच्ची सुन्नु त, मन नलाई नलाई पकाएको खानामा नुन लाग्छ कि लाग्दैन?’
म जिस्किएँ।
‘नुन नलाग्दा टेन्स हुन्न के बाबा, नुन बढी भयो भने पो समस्या त।’
टुक्रुक्क बसेँ। उनले सकी नसकी पस्किइन्। खाइन्। बेहद मन पर्ने कुरा चैँ कहिल्यै खाना नमिठो भयो नभन्ने। मीठो मानेर खाने बानी। रहरलाग्दो गरेर मात्रै हैन डरलाग्दो गरी खाने प्रत्येक गाँसमा एउटा खुर्सानी।
यति विधि खुर्सानी नखानु भन्छु।
‘अनि को रिसाउँछ त हजुरसँग’ भन्छिन्।
‘ह्या भरे माझ्छु भनेर भाँडा मिल्काइन्। गमलातिर। झटपट कपडा लगाएर काममा निस्किइन्। हेरिरहेँ। उनलाई काममा पठाएर म पनि किचन निस्किनै लाग्दा उनीसँगको चकचक लेखिरहेँ। अहिले आधा घण्टा पछि मेसेज आउँछ।

के पाक्यो भनेर फोटो पठाउनुपर्छ। म हतार हतार किचन लागेँ।

लब यु प्रिय नू’