चितवनमा निशुल्क खाना अभियान

राधा लामिछाने
चितवन :विगत लामो समय देखि समाज सेवामा तल्लिन माधव र पवित्राले यती बेला स्माट टिम नेपाल मार्फत बन्दाबन्दीले मर्का समस्यामा परेका मानसिक सन्तुलन गुमाएका साथै नोबेल कोरोना भाइरसबाट गर्सित परिवारलाई निशुल्क खाना सेवा दिदै आई राखेका छन ।उनीहरुको यस कार्यमा रिकभरी नेपाल बागमती प्रदेश साथै सन्देश फाउण्डेशन नेपाल को सपोट रहदै आएको छ ।

भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहाराहरुलाई खाना बनाएर खुवाउन तल्लिन छन ।

चौधरी ग्रुपको चाउँचाउँ डिलरमा काम गर्दै आएकी उनी काममा जाँदै गर्दा सडकमा भोका रहेकाहरुलाई निषेधाज्ञाको समयमा चाउँचाउँ बिस्कुट किनेर खुवाउने गर्थिन । उनले भनिन “आजभन्दा २१ दिनअघि चाउँचाउँ बिस्कुटबाट शुरु गरेको खाना खुवाउने अभियान अहिले आएर निःशुल्क खाना सेवा अभियानमा पुगेको छ ।

” मानिस रोगले भन्दा भोकले मर्ने देखेपछि उनी आफ्नो जागिरबाट राजीनामा दिएर मानव सेवामा लागीन । जागिरबाट राम्रो कमाइ भएको भए पनि उनले त्योभन्दा भोकालाई खाना खुवाउँदा आफुलाई सन्तुष्टि मिलेको बताइन ।

उनले भनिन “शुरुमा चाउचाउ बिस्कुट बाँडेँ । पछि माधव हमालसँग सल्लाह गरेर खाना बनाएर भोका मान्छे खोज्दै खाना खुवाउन थाल्यौँ ।” शुरुमा सडक छेउमा खाना बनाएर प्याकिङ गरेर रिक्सामा राखी खाना खान नपाएका मान्छेहरु खोज्दै हिडेको उनले सम्झिन।

रिक्सामा राखेर खाना बाँड्न जाँदा समस्या भएपछि शुरुआतमा नारायणी नदी किनारमा खाना बनाएर खुवाउन थाले पनि पछि त्यहाँ छाडेर केन्द्रीय बस ट्रमिनल हाकिमचोकमा आएर खाना बनाउने र खुवाउने काम गरिएको उनले जानकारी दिइन ।

१४बर्ष देखि समाज सेवामा तल्लिन माधप राज हमालअहिले १९ बर्षको भए १७ वर्षको उमेरमा बुवा र १९ वर्षको उमेरमा आमा गुमाएका उनी आफै बेसाहारा भएर पनि बेसहारालाई साहारा दिदै आएका छन पहिलाको लकडाउनमा पनि नितरन्तर दुई महिना सम्म दैनिक ५०० देखि ७०० जना सम्म खाना खुवाएका उनेले अहिले पनि दैनिक २५० देखि४०० सम्मलाई खाना खुवाउँछन ।

(यदि हजुर हरुलाई पनि यो लकडाउन मा खाना दुख भको छ भने यो नम्बर मा कल गर्न सक्नु हुन्छ माधप राज हमाल ९८६३५५५४०४)