पर्सा क्षेत्र नम्बर २ मा एमाले जसपा गठबन्धनका उम्मेदवारहरुको संयुक्त घरदैलो शुरु

वीरगञ्ज : पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा एमाले जसपा गठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो शुरु गरेका छन् । क्षेत्र नम्बर २ को वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ मा घरदैलो अभियान गरेको हो ।

पर्साको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र कुर्मीले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ लगायतका टोलका जनताको घरदैलोमा पुगेर कुर्मीले छाता छापमा मतदान गर्न आग्रह गरेका छन् । घरदैलोका क्रममा जनतासँग भेटेदै कुर्मीले समाजबाट सबै किसिमका विभेदको अन्त्य गरेर समतामुलक समाज निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गरिबी, बेरोजगारी, भ्रष्टाचार जस्ता बेथितीको विरुद्धमा सशक्त ऐन कानुन निर्माणका लागि आवाज उठाउनुका साथै कानुनको प्रभावकारी कार्यन्वयनमा जोड दिने कुर्मीको योजना छ । शिक्षा, स्वास्थ्य, कृषि लगायत भौतिक पूर्वाधार विकासमा सुधार र निर्माण गर्ने एजेण्डा आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।