मार्पाक सामुदायिक क्लब, धादिङ्गकाे एम्बुलेन्स काठमाण्डाैमा अलपत्र

धादिङ्ग : धादिङ्ग जिल्लाकाे नेत्रावती डबजाेङ्ग गाउपालिकामा संचालित मार्पाक सामुदायिक क्लबकाे एम्बुलेन्स काठमाण्डाैमा अलपत्र अबस्थामा रहेकाे छ ।

मार्पाक सामुदायिक क्लबले ८-१० बर्ष अगाडीदेखीकाे अथक प्रयास, मेहनत र संघर्षपछि संचालनमा ल्याएकाे उक्त एम्बुलेन्सले करिब ३ बर्ष सेवा प्रदान गरेपश्चात हाल काठमाण्डाैकाे बनस्थलीमा थन्किएकाे क्लबका अध्यक्ष सुदिप अधिकारीले जानकारी दिनुभयाे ।

एम्बुलेन्स संचालनलाई सरल र सहज बनाउने उद्यश्यले करिब तीन बर्ष अघि छुट्टै एम्बुलेन्स संचालन समिति र एम्बुलेन्स संचालन सल्लाहकार समिति समेत बनाएकाे थियाे ।

बिष्णु अधिकारी अध्यक्ष रहेकाे उक्त समितिमा रवि अधिकारी महासचिब र उत्तम अधिकारी काेषाध्यक्ष हुनुहुन्छ भने जम्मा १५ सदस्यिय एम्बुलेन्स संचालन समिति र यम बहादुर अधिकारी मुख्य सल्लाहकार रहनेगरि ७ जनाकाे सल्लाहकार समिति समेत बनाईएकाे क्लबका अध्यक्ष अधिकारीले जानकारी दिनुभयाे ।

हाल बनस्थलीकाे एक ग्यारेजमा थन्किएकाे उक्त एम्बुलेन्सकाे ४ वटै टायर फेर्नुपर्ने र एम्बुलेन्सलाई फुल सर्भिसिङ्ग गरि आबश्यक मर्मत संभार पनि गर्नुपर्ने देखिएकाेले करिब ७० हजार देखि १ लाखसम्म खर्च हुने माेटर बर्कशपले जनाएकाे साथै उक्त एम्बुलेन्सलाई काठमाण्डाैकाे बनस्थलीमा लगि अध्यक्ष सुदिप अधिकारीलाई चाबी बुझाईएकाे र आफुले १८ महिनादेखी तलब नपाएकाे एम्बुलेन्स चालक कुबिर अधिकारीले जानकारी दिनुभयाे ।

धादिङ्ग जिल्लाभरि कार्यक्षेत्र रहेकाे उक्त क्लबमा हाल अध्यक्ष सुदिप अधिकारी, महासचिब अनिल अधिकारी र काेषाध्यक्ष अजय अधिकारी लगायत कुल १७ जनाकाे क्लब संचालक कार्यसमिति रहेकाे अध्यक्ष अधिकारीले जानकारी दिनुभयाे ।

हाल काठमाण्डाैमा थन्किएर बसेकाे उक्त एम्बुलेन्सलाई छिटाे भन्दा छिटाे मर्मत संभार गरि संचालनमा ल्याउनकाे लागि क्लबले विभिन्न ब्यक्तित्व, समाजसेवी तथा नेताहरुसंग सहयाेगकाे अपिल गर्दै भेटघाट तथा परामर्श कार्यलाई तिब्र बनाईएकाे समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभयाे ।