चुनावमा एक हप्ता विदा दिने त्रिविको तयारी

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले चुनावको समयमा एक हप्ता विदा दिने तयारी गरेको छ ।

जाडोको विदामा समायोजन गर्ने गरी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा विदा दिने सुझाव आएकोले त्यसैगरी विदा दिने तयारी भइरहेको शिक्षाध्यक्ष शिवलाल भूसालले जानकारी दिए ।

चुनावका बेला विद्यार्थीहरु पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरुमा मतदान केन्द्रहरु परेको भएकोले एक हप्ता विदा दिने तयारी रहेको भूसाल बताउँछन् ।

उनले भने ‘त्यसबेला विद्यार्थी पनि जान आउन परो ।

क्याम्पसहरुमा पोलिङ सेन्टरहरु परेकोले एक हप्ता विदा दिने तयारी हो ।

’ उनको भनाई अनुसार विदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भइनसके पनि मंसिर १ देखि ६ सम्म विदा हुने सम्भावना रहेको छ ।

विद्यार्थीहरुले जाडो बिदा चुनावको समयमा दिन आग्रह गरेपनि प्राध्यापकहरुले चुनावको समयमा लामो विदा दिन नहुने सुझाव दिएपछि जाडो महिनाको विदा नियमित समयमा नै दिने र चुनावमा एक हप्ता विदा दिने तयारी गरिरहेको शिक्षाध्यक्ष भूसालले बताए ।

त्रिविले पुस १५ पछिदेखि जाडो विदा दिँदै आएको छ ।