अन्तराष्ट्रिय नेपाली इसाई सम्मेलन सिक्किम प्रदेश मन्त्रीद्वारा उद्‍घाटन

विवश गौतम, गान्तोक, सिक्किम : बुधबार १६ कार्तिक २०७९। तेस्रो अन्तराष्ट्रिय नेपाली भाषी इसाई संगति (जिएनएससीएफ) २०२२ को समुद्धघाटन सिक्किम प्रदेश सरकारका मन्त्री एल.एन.शर्माले गरेका छन् ।

सिक्किमको राजधानी गान्तोकको इभान्जलिकल प्रेसवेटेरियन चर्चमा मंगलवार बेलुका एक समारोहकाबीच मन्त्री शर्माले ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियान फेलोसिप (जीएनएससीएफ)द्वारा आयोजित तेस्रो विश्व अगुवा शिखर सम्मेलनको समुद्घाटन गरिएको उक्त कार्यक्रममा २१ देशका विभिन्न पास्टर अगुवाहरुको सहभागीता रहेको छ र सम्मेलन आगामी बिहीबारसम्म सञ्चालन हुनेछ ।

सिक्किम मन्त्री शर्माले तेस्रो अन्तराष्ट्रिय नेपाली भाषी इसाई संगतिको समुद्धघाटन समारोहलाई सम्बोधन गर्दै हिमाली राज्य सिक्किमको राजधानीमा गान्तोकमा संसारभरका नेपाली भाषी इसाई अगुवाहरुलाई स्वागत र सम्बोधन गर्न पाउँदा आफू निकै गौरवशाली भएको बताएका छन् ।

मन्त्री शर्माले ग्रीन अर्गानिक पर्यटक नगरीको रुपमा विश्व परिचित गान्तोक, सिक्किममा आयोजित ३ दिने सम्मेलनको सफलताको शुभकामना दिँदै सम्मेलनबाट कोशेलीस्वरुप केही असल सन्देश लिएर फर्कन विश्व नेपाली भाषी इसाई अगुवाहरुलाई आग्रह गरेका छन् ।

उनले विश्वभरका नेपाली भाषी इसाई अगुवालाई सिक्किम राज्यको उन्नती र सम्बद्र्धनको लागि प्रार्थना गरीदिन समेत आग्रह पनि गरेका छन् ।

मन्त्री शर्मा र सम्मेलनका प्रमुख वक्ता तथा विश्व नेपाली भाषी इसाई संगतिका विश्व प्रतिनिधि पास्टर तथा अगुवाहरुले समारोहमा ग्लोबल नेपाली स्पिकिग ख्रीष्टियान फेलोसिप (जीएनएससीएफ)द्वारा प्रकाशित स्मारिका एक साथ विमोचन गरिएको थियो ।