कैलालीको घोडाघोडी मन्दिरमा सरसफाइ

कैलाली : कैलालीको घोडाघोडी मन्दिरमा सरसफाइ गरिएको छ।

इलाका प्रहरी कार्यालय सुखडको आयोजनामा सरसफाइ गरिएको हो।

बुधबार बिहान घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावत, इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाही लगायतको सहभागितामा सरसफाइ गरिएको बताइएको छ।

घोडाघोडी नगरपालिका भित्रका धार्मिक स्थल, बजार तथा क्याम्पसहरुमा सरसफाइ गर्ने अभियान नै चलाइएको प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए।