पर्साका रहबर अंसारीले मङगलबार चुनावी रोड शो गरे

वीरगंज : पर्सा क्षेत्र नम्बर १ (क) मा माओबादी केन्द्रका प्रदेशसभा सदस्यका उम्मेदवार रहबर अंसारीले मङगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा चुनावी रोड शो गरेका छन् ।

माओबादीका नेता कार्यकर्ताका साथ वडा नम्बर १३ का विभिन्न टोलमा पुगेका बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका अंसारीले मतदातासंग भेट्दै वीरगञ्ज र मधेससँग गद्धारी गनेहरुबाट सचेत रहेर मतदान गर्न आग्रह गरे । आफु निर्वाचित भएपछि जनताले विकासको आभाष गर्न पाउने उनले दावी गरे ।

विगतमा पराजित भएर पनि निरन्तर जनताकै साथमा र जनताकै सुखदुखमा रहेको बताउँदै उनले विकासको अभियानमा हातेमालो गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाई अमूल्य मत दिन अनुरोध गरेका छन् । घरदैलाे कार्यक्रममा माओबादीका नेता नसरूदीन अंसारीसहित शेख रुस्तम,दीपेन्द्र पटेल,मेरोज़ अहमद, जुबेर आलम,संध्या बस्नेत लगायत सयौ नेता र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।