चर्चित अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ

निराज रानाभाट , काठमाडौं : दुई वर्षअघि कैलाली जिल्लाको धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो बिहे गरेकी अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ ।

पारिवारिक स्रोतका अनुसार कार्तिक १५ गते , मंगलबार ( अाज ) अपरान्ह राजधानी काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा श्वेताले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

श्वेतको पहिलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीमानको निधन भएको केही वर्षपछि श्वेताले विजयेन्द्रसँग दोस्रो विवाह गरेकी थिइन् ।

उनले कहाँ भेटिएला , श्रीमान श्रीमान , कान्छी , कोहीनुर जस्ता चलचित्रमा अभिनय गरेकी छन् ।