ब्रोकर, स्टक र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया तत्काललाई रोकियो

काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि तत्काललाई ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया रोकिएको छ। कात्तिक २२ गते थप छलफलको लागि बोलाएको अदालतले त्यस अघिसम्म प्रक्रिया अगाडी नबढाउन अन्तरिम आदेश दिएको हो।

स्टक र कमोडिटी एक्सचेन्जको लागि गरेको मागमा कसैको पनि आवेदन नपरेको धितोपत्र बोर्डले उल्लेख गरेको छ। मंगलबार यस्तो आवेदन दिने समय पनि सकिएको छ। त्यस्तै, ब्रोकरको लागि भने ४५ वटाले नयाँ र एउटाले स्तरोन्नतिको आवेदन दिएका छन्।