पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनले चुनावी प्रचार प्रसारलाइ तिब्रता दिदै

वीरगंज : पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनले चुनावी प्रचार प्रसारलाइ फेरि तिब्रता दिएको छ । छठ पूजा सकिए लगत्तै गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।

मङगलबार काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यकी उम्मेदवार शेख चाँद ताराले पकाहा मैनपुर गाँउपालिका वडा नम्बर ५ सबैठवा टोलमा पुगेर घरदैलो गरेका छन् । सबैठवामा दुवै उम्मेदवार आफना नेता कार्यकर्ता सहित पुग्दा त्यहाका स्थानीयले दुवै उम्मेदवारलाई स्वागत गरेका थिए । उनिहरुले दलबदलु र मधेससंग घात गर्ने पार्टी र उसका उम्मेदवारहरुको झुठा प्रलोभनमा नपर्ने भन्दै यसपालि रिजाल र शैख चाँद तारा नै आफुहरुको रोजाइ बनेको पनि बताएका थिए ।

मतदाताहरुसंगको भेटघाटका क्रममा काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रिजालले काँग्रेसले जे बोल्छ त्यहि गर्छ , जे गर्छ त्यही बोल्छ भन्दै मधेस र देशको लागि काम गर्ने पार्टी काँग्रेस नै भएको बताए । पन्चायतकाल देखि अहिले सम्मद दल बदल्दै आएका एमालेका उम्मेदवार चुनाव हारे पछि फेरि कुन दलमा जाने भन्ने ठेगान नै नरहेको भन्दै रिजालले भने,‘ त्यस्ता दलबदलु नेताबाट जनता सचेत छन् , ती नेताले जितको दिवा सपना नदेखे हुन्छ ।

चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।