नेपाली चलचित्र ‘छड्के २’ फागुन १९ गतेदेखि प्रदर्शन हुने

निराज रानाभाट
काठमाडौं : निर्माण हुने घोषणा भएसँगै चर्चामा आएको चर्चित नायक अनमोल के.सी. अभिनित नेपाली चलचित्र ‘छड्के २’को प्रदर्शन मिति तय गरिएको छ ।

कार्तिक १५ गते, मंगलबार (आज) निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आउँदाे फागुन १९ गतेलाई प्रदर्शन मिति फाइनल गरेको जानकारी दिएको हो । पोस्टरमा अनमोललाई निकै फरक अवतारमा देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन एवम् निर्देशन रहेको यस् चलचित्रमा अनमोलको निकै भिन्न लुक्स एवम् अभिनय रहेको निर्माण टिमले जनाएको छ ।

बदलाको भाव लिने एक ग्याङस्टारको कथा रहेको चलचित्रमा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् । चलचित्रलाई काभ्रे र मुस्ताङका विभिन्न स्थानमा ६० दिनको छायांकन सेड्युल बनाएर खिचिएको थियो । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।