मोरङ चक्कु प्रहार गरी हत्यामा संलग्न ५ जना पक्राउ

सागर मणि चम्लागाई
मोरङ : मिति २०७९।०७।१३ गते अन्दाजी २२:२५ बजे जिल्ला झापा दमक नगरपालिका वडा नं. १० आमबाडी बस्ने बर्ष १४ को दियुस श्रेष्ठलाई पूर्व रिसिईवीको कारण जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित मावा खोलाको छैठ मेलामा छुरा प्रहार गरी घाईते बनाई उर्लाबारी स्थित गोदावरी अस्पतालमा उपचार पश्चात वि.एण्ड.सि. अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मिति २०७९।०७।१४ गते बिहान ०४:५० बजे मृत्यू भएको थियो ।

उक्त घटनामा संलग्न निम्न ५ जना ब्यक्तिहरूलाई अनुसन्धान पश्चात घटनामा प्रयोग भएको चक्कु सहित जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।

पक्राउ ब्यक्तिहरू:
१) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ चन्द्रमा चौक बस्ने बर्ष १७ को सरोज बस्नेत
२) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ वानडाँडा बस्ने बर्ष १७ को सन्देश खवास
३) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-७ तरूण चौक बस्ने बर्ष १६ को सपन खत्री
४) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ पानी ट्यांकी बस्ने बर्ष १६ को मन्जिल माझी
५) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ वानडाँडा बस्ने बर्ष १७ को विकास तामाङ