कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सचिव प्रेम केसीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिए ।