तीन वर्षमा मकवानपुरको विकास गर्न नसके राजीनामा दिने:राजन मैनाली

मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका वरिष्ठ नेता तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार राजन मैनालीले तीन वर्षमा मकवानपुरको विकास गर्न नसके राजीनामा दिने बताएका छन् ।

आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर -११ माकार्यकर्ता परिचयत्मक कार्यक्रममा बोल्दै मैनालीले मकवानपुरमा तीन वर्षमा विकास नभए आफूले राजीनामा दिने बताएका छन ।

कार्यक्रममा राप्रपा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ का समानुपातिक उम्मेदवार राम बहादुर थोकर, राप्रपा मकवानपुरका जिल्ला सदस्य निर्धोज खड्का, विकास वोम्जन, पूर्णिमा लोप्चन, डबल तितुङ, खुशी कार्की, माया न्यौपाने लगायतको आतिथ्यता थियो ।