चुनावी भाषण गर्दागर्दै शशांक बेहोस , चितवनमा उपचार हुँदै

निराज रानाभाट , चितवन : नेपाली कांग्रेसका नेता शंशाक कोइराला चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका छन ।

चितवन जिल्लाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा शशांकको उपचार भइरहेको उनका सहयोगी भरत तिवारीले जानकारी दिए ।

‘ चुनावी भाषण गर्दै गर्दा उहाँ बेहोस हुनुभयो । चितवन मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ । अहिले अवस्था सामान्य छ ’, तिवारीले भने ।

कोइराला नवलपुर जिल्लाको अमरापुरीमा  आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुन पुगेका थिए ।

आउँदाे मंसिर ०४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर – १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन ।

अस्पतालमा एमआरई र सीटी स्क्यान गरिएको तर , कुनै समस्या नदेखिएको तिवारीले बताए । ‘ पहिले पनि उहाँलाई यस्तो भइरहन्थ्यो , २ – ३ पटक भइसकेको छ ।

अहिले चाहिँ ब्लड सर्कुलेशनमा सामान्य समस्या भएको जस्तो देखियो । केहीबेरमा डिश्चार्ज भएर जान्छौँ ’, तिवारीले भने ।