कार्तिकबाट सरेर मंसिरमा पुग्यो चलचित्र ‘ मीलन ’ काे प्रदर्शन मिति

निराज रानाभाट , काठमाडौं : नेपाली चलचित्र ‘ मीलन ’ को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि यहीँ कार्तिक १८ गतेदेखि प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदाे मंसिर ०९ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्रका निर्देशक तथा लेखन टेक पौरखी राईले एकै मिति मा २ नेपाली चलचित्र प्रदर्शन गर्दा नेपाली चलचित्र क्षेत्रलाई नै असर पर्ने र अग्रज चलचित्रकर्मीको सल्लाह अनुसार प्रदर्शन मिति सारिएको बताए । अहिलेसम्म मंसिर ०९ मा नेपाली चलचित्र अन्तर्गत ‘ मीलन ’ मात्र प्रदर्शनको तालिकामा छ । कार्तिक १८ मा अब चलचित्र ‘ लाखे ’ प्रदर्शन हुने छ ।

चलचित्र ` मीलन ´ मा कलाकारहरु सलोन बस्नेत , कुशल शाह ठकुरी र शिल्पा थापा मुख्य भूमिकामा छन् । यहीँ चलचित्रबाट कुशल र शिल्पाले डेब्यु गरेका हुन् ।

चलचित्रमा सुमिन गुरुङ , शिशिर बाङ्ग्देल , बिशाल पहाडी , जानुका पौडेल , रेजिना एक्चै मगर , डेनियल खड्का , करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । प्रविन थापा चलचित्रका निर्माता हुन् ।