ग्वार्काेमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं : ललितपुरको ग्वार्काेमा हिजो बेलुकी स्कोरपियो जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको निलो रङको स्कोरपियो जिपले पैदल हिँडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो राति ठक्कर दिएको थियो ।

उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।