चर्चित गायक प्रकाश सपुतलाई पुत्रलाभ

निराज रानाभाट , काठमाडौं : लाेक तथा दोहोरी गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानी काठमाडौंको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

दम्पतीको यो दोस्रो सन्तान हो । ७ वर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए ।

प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । कामको कुरा गर्दा प्रकाश सपुत अभिनित चलचित्र ‘ परदेशी २ ’ फागुन पहिलो साता प्रदर्शन तयारीमा छ ।

गायक सपुत पछिल्लो समय सांगीतिक टूरमा पनि सक्रिय छन् । सपुतले हिमालय टिभीको आगामी रियालिटी शो ‘ नेपाल लोकस्टार ’ को नयाँ सिजनलाई समेत होस्ट गर्दै छन ।