
बारा :बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र ७ जना सामान्य घाइते छन् । उनीहरु लाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ ।
८ जना सामान्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ । सोमबार बिहान ०९स्५० बजे जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित कलैया पिलुवा सडक खण्डको डकाहा भन्ने स्थानमा बस दुर्घटनामा परेको थियो ।
रौतहटबाट बिहेको जन्ति लिएर जितपुरसिमरा उपमहानगरपालिका-२० बसडिल्वातर्फ जान लागेको ना.४ ख.४७४९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । बस आफैं अनियन्त्रित भइ सडकको बायाँ साइडको खेतमा पल्टिएको थियो । बसमा ४० जना सवार थिए ।
बस चालक रौतहट चन्द्रपुर नगरपालिका-८ बस्ने ३० वर्षीय अकलेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
