नेप्सेमा दोहोरो अंकको गिरावट, ६४ करोडको कारोबार

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से १२.८१ अंक (०.६९ प्रतिशत) ले गिरावट भएर १८४५.५१ अंकमा बन्द भएको छ ।

बुधबार ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स पनि २.६६ अंकले गिरावट भएर ३६२.९६ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

होटल समूहको सोल्टी होटलले ३ वर्षपछि लाभांश घोषणा गरेसँगै होटल क्षेत्रका लगानीकर्तालाई आशावादी बनाएको छ । जसले समग्र बजारमा गिरावट हुँदा पनि उक्त उपसूचक भने १.५६ प्रतिशतले बढेको छ ।

सेयर लगानीकर्ता बजारप्रति पोजेटिभ नहुँदा कारोबार रकममा पनि उत्साह देखिंदैन । सोमबार ५१ करोडको कारोबार भएको बजारमा बुधबार केही बढेको छ । बुधबार बजारमा २१ लाख ५१ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ६४ करोड ३६ लाख ८ हजारको कारोबार भएको छ ।

जसमध्ये सोल्टी होटलको सर्वाधिक ३ करोड ७२ लाख १३ हजारको कारोबार भएको छ । यस्तै नबिल बैंकको २ करोड ४१ लाख ५१ हजार र रिडी हाइड्रोपावरको २ करोड ३३ लाख २० हजारको कारोबार भएको छ ।

बुधबार कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा १५८ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार अभियान लघुवित्तको सेयर मूल्य १० प्रतिशत र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य ९.९४ प्रतिशतले वृद्धि भएको छ ।

यता पिपुल्स पावरको सेयरमूल्य ७.४७ प्रतिशतले वृद्धि गिरावट हुँदा सामलिङ पावरको सेयर मूल्य ६.१३ प्रतिशत र वीन नेपाल लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले गिरावट भएको छ ।