साहित्यकार सुरेन्द्र महर्जनको ‘गल्ती के भो’गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं :बिना गल्ती सजाय कसैले भोग्नुपरे निर्दोषलाई कति पीडा हुन्छ,निर्दोषलाई मात्रै थाहा हुन्छ । हुन पनि सत्य यस्तै छ । मायामा मिलन विछोड पनि हुने रहेछ । कतै कसैको मिलन, कतै कसैको विछोड सायद यसैलाई नै माया भन्ने गर्छ ।

संसारमा सुन्दर भनेकै माया हो अनि क्रूर पनि माया नै हुनुपर्छ ।कसैको जीवन अमुल्य बनेको छ मायाले, कसैले माया नै प्राण त्याग्नु परेको छ । सायद माया भन्नू नै यस्तो होला प्रसंग बिना गल्ती मायालुले साथ छोडेपछि के हुन्छ ?
गीतकार सुरेन्द्र महर्जन (अमर)को रचनामा यस्तो संसारभरी महामारी चल्दैगर्दा डरलाई त्यागेर सबैलाई मनोरञ्जन दिन तयार पारिएको गल्ती “के भो म बाट “गीत स्टुडियो मेलोडी नेपालमा रेकर्डिङ र भिडियो सुटिङ्ग गरेर दर्शक स्रोता माझ ल्याएको छ ।

चिरञ्जीवी भण्डारीको स्वर र संगीतमा भिडियोमा मोडल चिरञ्जीवी र प्रमिलाको सुन्दर अभिनय रहेको छ । केशव विश्वकर्माले छायांकन गरेको भिडियोमा धिरज खत्रीलेनिर्देशन गरेका छन् ।