पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं : लगातारको वर्षाका कारण बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

केदास्यु गाउँपालिका १ आरुगौडा, गर्जेपानी र पाल्टिखाडा भन्ने स्थानमा आइतबार दिउँसो पहिरो गएपछि राजमार्ग पूर्ण रुपमा अवरूद्ध भएको हो।

साथै सोही गाउँपालिका १ पथुडा भन्ने स्थानमा करिब २० मिटर सडक भासिँएको प्रहरीले जानकारी दिएको छ।

सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको जनाएको छ।