अनेरास्ववियु दैलेखका सह-संयोजक खड्का माथि आक्रमण

पुष्कर खड्का
दैलेख :अनेरास्ववियु दैलेखका सह-संयोजक निरक खड्का माथि आक्रमण गरियएको छ । महाबु गाउँपालिका २, बडाखोला मा ५/६ जनाको टोलिले आक्रमण गरेको हो ।आक्रमण बाट खड्काको बायाँ हात मा गम्भीर चोट लाग्नुको साथै शरिरका विभिन्न भागमा पनि चोटपटक लागेको छ।

अनेरास्ववियु दैलेखले खड्का माथि आक्रमण गर्ने टोलिलाई कानुनको दायरामा ल्यएर कारबाहि गर्न माग गरेको छ ।यदि कुनै पनि बाहानामा दोषिले उम्कन पाउने खालको कुरा भएमा सशक्त कदम चाल्न बाध्य हुने चेतावनि समेत दिएको छ ।

खड्काको यतिबेला देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ ।