गजल : सुमन स्मारिका

नबिर्सिएको हुन्छुँ तिमीलाई न सम्झिएको
घाउहरुको एक चिहान छ छातिमा पुरिएको

उ आज काध दिन्छुँ भनेर आइ पुगेको छ
थाहा पाएछ बर्षौँ पहिले म भत्किएको

मेरो देशलाई कति शरम लाग्दो हो
जहिले देख्छुँ चौबाटोमा निबस्त्र उभिएको

उसले तिमीलाई बस्तु ठान्नु नौलो कुरा होइन
भन कुन चै चप्पल छ यहाँ नकुल्चिएको

आफ्नो शिर किन कटाउन खोज्दै हुनुहुन्छ?
अरे! म छदै छुँ नि तपाईंको लागि निहुरिएको