खाने हैन त पाल्पाली चुकाउनी ?यसरी बनाउँनुहोस

 

 – विजु पछाई खाती

( सिद्धार्थ गौतम बुद्ध क्याम्पस ,
बुटवल ,रुपन्देही )

 

खाने हैन त पाल्पाली चुकाउनी ?यसरी बनाउनुहाृसचुकाउनी खासमा अचार हो । भात, चिउरा, रोटी आदिसँग खान सकिन्छ । चुकाउनी मात्र खाए पनि हुन्छ ।

आलु र दहीको मिश्रणबाट बन्ने यो अचार स्वादिलो मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ । स्वादिलो र स्वस्थ्यकर भएकाले नै चुकाउनी पाल्पा, तानसेनमा सीमित रहेन । पछील्लो समय शहरका भोजनालयले आफ्नो मेनुमा यसलाई समेटेका हुन्छन । नेपाल बाहिर अर्थात विदेशी भान्सामा समेत अहिले चुकाउनी परिकार पाउन थालिएको पारखीहरु बताउँछन् ।नेपालमा विशेषगरी चुकाउनी भन्ने वितिकै पाल्पा जिल्ला जोडिन्छ तर पाल्पा बाहेक गुल्मी,अर्घाखाची र रुपन्देहीमा यसको प्रयोग अन्य ठाउको भन्दा बढी नै गरेको पाइन्छ ।

कसरी बनाउने चुकाउनी आउनुहोस सुरु गरौ :

       आवश्यक सामग्रीः
उसिनेको                                     आलु आधा केजी
पानी मिसाएको लेदो दही                    आलु डुब्नेजति (आलु बराबर)
दुई वटा प्याज                                लाम्चो गरी काटिएको
तोरीको तेल                                  दुई चम्चा
मेथी , टिमुर                                 दश दाना
भुटेको तिलको                               छोप दुई चम्चा
रातो खुर्सानी                                  चारवटा
हरियो खुर्सानी                                आवश्यकता अनुसार
लसुन र अदुवाको पेस्ट                      एक चम्चा

                                      विधि :
सबैभन्दा पहिले एउटा सफा भाडो लिने ।त्यसमा आधा केजी दहीमा अलिकति पानी मिलाएर लेदो बनाउने । त्यसमाथि उसिनेर च्याप्टो आकारमा काटिएको आलु राख्ने अनि लाम्चो गरी काटेको प्याज राख्ने ।अनि स्वाद अनुसार नुन र रातो खुर्सानी नीको धुलो राख्ने ।मिठो स्वादका लागि दुई चम्चा भुटेको तिलको धुलो र अलिकति टिमुरको छोप पनि राख्ने । एक चम्चा लसुन

अदुवाको पेस्ट पनि राख्ने।अमिलो मन पर्छ भने कागती काटेर राख्न पनि सकिन्छ ।अब तेल तताउने र त्यस्मा एक चम्चा मेथी फुराउने। मेथी फुरिसकेपछि रातो खुर्सानी पड्काउने र एक चम्चा बेसार फुराउने। बेसार राख्नासाथ चुकाउनीमाथि तेलले झान्ने र राम्ररी चलाउने ।अनतमा मसिनो गरी काटेको हरियो खुर्सानी र धिनया राखेर सकाउन सकिन्छ । मिठो स्वाद का लागि चुकाउनी तयार भइसकेपछि आधा घण्टा सम्म छोपेर राख्न सकिन्छ ।
नोट स्चुकाउनी रोटी ,चिउरा , खानासँग खान सकिन्छ ।यसले खाना पचाउने भएकाले खाना पछि पनि खान सकिन्छ ।