फेदापको पञ्चमीमा नव ज्योती स्पोर्टिङ क्लवद्धारा विभिन्न कार्यक्रम सन्चालन हुने

सुमन आचार्य
तेह्रथुम : तेह्रथुमको फेदाप गाउपालिका वार्ड नम्बर ५ ईसिबु पञ्चमीद्वारा दसैको अवसरमा खुल्ला वडा स्तरिय पुरुष भलिबल तथा विभिन्न साङ्गितिक सास्कृतक कार्यक्रम गर्ने भएको छ ।

प्रतियोगिता नव ज्योती स्पोर्टिङ क्लब पञ्चमी को खेल मैदानमा हुने भएको छ । नव ज्योती स्पोर्टिङ क्लबले आयोजना गर्ने विविध कार्यक्रममध्ये युवाहरुलाई लक्षित खेलकुद कार्यक्रममा पुरुष भलिबल र सांस्कृतिक नृत्य र महिला म्युजिक चेयर पनि रहेको आयोजकले बताएको छ । प्रतियोगितामा भलिबल तर्फ विजेताले नगद मेडल प्रमाण पत्र ट्रफि सहित ५१ हजार प्राप्त गर्नेछन् ।

भने दोस्रोले ३१ हजार नगद मेडल प्रमाण पत्र ट्रफी प्राप्त गर्नेछन् । तृतीयले नगद १५ हजार ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् । यसै गरि उत्कृष्ट ३ खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् । सहभागी टिमले ३ अतिरिक्त सहित ६ खेलाडीको नाम बुझाउनु पर्नेछ । खेल प्रचलित नियमको आधारमा खेलाईने छ । खेल ट्राईसेटको आधारमा खेलाईने छ । खुल्ला सांस्कृतिक नृत्य कार्यक्रममा सहभागी हुने समय असोज २३ गते विहान ९ बजे सम्म रहने छ भने सांस्कृतिक नृत्यमा सहभागीता शुल्क नगद ५ सय रहेको छ ।

कार्यक्रम असोज २३ गते विहान १० बजे बाट सुरु हुने छ । नृत्य तर्फ प्रथम पुरस्कार नगद १५ हजार कप प्रमाण पत्र प्राप्त गर्नेछन् । द्वितीय हुनेले नगद ८ हजार कप प्रमाण पत्र प्राप्त गर्नेछन्। तृतीय हुनेले नगद ५ हजार कप प्रमाण पत्र प्राप्त गर्नेछन्। चौथो हुनेले नगद २ हजार र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै महिला म्युजिक चेयर । पुरुष भाले जुधाई र हाडीफोरमा सहित नगद र प्रमाण पत्र प्रदान गरिने आयाेजक जनाएको छ ।