भीरकोट महिला बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न

राजनप्रसाद पौडेल
स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिका वडा नं – १ नयाँबजार हेलुमा अवस्थित भीरकोट महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा भीरकोट १ स्थित बयरघारी बजारको तमु सेवा समाजको सभाहलमा एक औपचारिक कार्यक्रमबीच सम्पन्न भएको छ ।

साधरणसभाको उद्घाटन गर्दै भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले संस्थाले एक वर्षमै राम्रो प्रगति गरेको र आगामी दिनमा अझै प्रगति गर्न सफल होस भन्ने शुभकामना व्यक्त गरेका थिए । उनले संस्थाका कर्मचारीहरुले शिष्ट भाषा प्रयोग गर्नुपर्ने र अनुशाशीत हुनुपर्ने कुरामा जोड दिंदै नगरपालिकाले संस्थाले माग राखेको खण्डमा महिलाहरुलाई आयआर्जन गर्न सीपमूलक तालिम दिन सहयोग गर्ने कुरा व्यक्त गरेका थिए ।

कार्यक्रमलाई भीरकोटका पूर्व नगरप्रमुख छायाराम खनालले आफू मेयर हुँदा स्थापित यो संस्थाले गरेको प्रगति देखेर खुसी व्यक्त गरेका थिए उनले संस्थालाई आवश्यक परे आफूले आवश्यक सरसल्लाह दिन सँधै तयार रहेको कुरा बताएका थिए । उक्त कार्यक्रमलाई पूर्व भीरकोट नगर उपप्रमुख सीमा केसी कर्माचार्य भीरकोट नगरपालिकाका नगर प्रबक्ता दीपेन्द्र केसी शेयर सदस्य हरुको तर्फबाट अनिता रेग्मी लगाएतका अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चण्डीका सापकोटा अर्यालले अध्यक्षको प्रतिवेदन सुनाउँदै संस्थाको हालको शेयर पूँजी ९२ लाख ५४ हजार ९ सय रहेको, लगानीमा रहेको कर्जा १ करोड ६७ लाख ३६ हजार २७२रुपैया ६७ पैसा , निक्षेप ९५ लाख ८९ हजार ९ सय ७०रुपैया ५५ पैसा र शेयर सदस्य ६६२जना रहेको बताएकी थिइन् भने सचीवको प्रतिवेदन सन्जु पौडेलले दिएकी थिईन । भने कोषाध्यको प्रतिवेदन निमित्त कोषाध्यक्ष एवं लेखापाल अनु खड्काले आ. व. २०७८/०८९ को आम्दानीतर्फ २६ लाख ८० हजार १४ रुपैया १५ पैसा र खर्चतर्फ १९ लाख ४९ हजार ३ सय ५२ रुपैयाँ २८ पैसाको आय व्यय सार्वजनिक गरेकी थिइन् । यसैगरी लेखा संयोजक शारदा अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष चण्डीका सापकोटा अर्यालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रलाई संस्थाकि उपाध्यक्ष उषा सापकोटा अर्यालले स्वागत गरेकी थिईन भने कार्यक्रमको संचालन मनिषा कोइरालाले गरेकी थिइन् । उक्त कार्यक्रममा संस्थाले भीरकोट नगपालिकाका पूर्व प्रमुख छायाराम खनाल र पूर्व उपप्रमुख सीमा केसी कर्माचार्यलाई सम्मान पत्रद्वारा सम्मानित गरेको थियोे । यसैगरी नियमित एवं उत्कृष्ट वचतकर्ताको रुपमा भीरकोट- ७ की ज्ञानुमाया अर्याल र दिलमाया बसेललाई सम्मान पत्र प्रदान गरिएको थियोे साथै प्रमुख अतिथि र विशिष्ट अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियोे ।