छात्रा माथि यौन दुव्र्यवहार गरेको आरोपमा ,अल्पाइन सेकेन्ड्री स्कुलका शिक्षक पक्राउ

वीरगंज : वीरगंज महानगरपालिका वडा नं ११ मा रहेको अल्पाइन सेकेन्ड्री स्कुलका शिक्षक ताज अंसारीलाई छात्रा माथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेकाे टाेलीले शिक्षक ताज अन्सारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय पर्सामा थप अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ।

विद्यालयका प्रधानध्यापक विनोद उपाध्याय अनुसार दोषी शिक्षकलाई नियम कानुन अनुसार सजाय हुनुपर्छ भनि प्रतिक्रिया दिए ।