गीती कविता – बसन्त ऋतुको यो समय : गोबिन्द राज ओझा

बसन्तको ऋतुको यो समयमा मन रमायो,
हरियाली डाडापाखा हेरिरहन मन लाग्यो ।
कसै सँग बोल्न सकिन मैले,
के भयो कसैलाई सोध्न सकिन मैले ।।

हेर्छु चारैतिर प्रकृतिले नयाँ रङ्ग ल्यायो,
तिमि आउछौ भनेर लुक्नु पर्ने समय आयो ।
लाजले लुके म अनेक सोचहरु आए,
मन भित्र बाट रमाईरहे ।।

हिमालको हावाले यो मन शान्त छ,
मनका सबै कुरा भन्न समय छ ।
किन मलाई केहि बोलु बोलु जस्तो लाग्छ,
तिमि आयौ तिमि सँगै भाग्न मन लाग्छ ।।

कसै सँग बोल्न सकिन मैले,
के भयो कसैलाई सोध्न सकिन मैले ।।

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.-२ दिपायल, डोटी