इटलीमा केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको ज्यान गयो


काठमाडौं : इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना बालकको पनि ज्यान गएको छ भने अर्का एक बालक गम्भीर घाइते भएका छन्।

स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेका बेला केबलकार दुर्घटनामा परेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने १४ जनामध्ये पाँच जना इजरायलका नागरिक भएका त्यहाँको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।