हन्ड्रेट्स ग्रुपका आशिष र जगदिस दार्चुलामा राहत बाड्दै

दार्चुला : विभिन्न समयमा अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्दै आएको हन्ड्रेट्स ग्रुपले यस पटक दार्चुलाका बाढीपिडितलाई राहत सामाग्री वितरण गरेको छ ।

राहत सामाग्री वितरणका लागि हन्ड्रेट्स ग्रुपका आशिष डांगी र जगदिस धामि दार्चुलामा गएर राहत वितरण गरेका हुन । करिब ९० भन्दा बढि घरमा सहयोग स्वरुप चामल, दाल लगाएत अन्य खाध्य सामाग्री वितरण भएको छ ।

साथै दुई सय जना विरामिलाई निःशुल्क स्वास्थ्य जाँच र १ हजार जोड कपडा पनि वितरण गरेका छन ।माहाकाली नगरपालिकाका मेयर र वडा न ४ का वडा अध्यक्षको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

गोल्डेनगेट कलेज, योगा मन्दिर,हेम माया फाउन्डेसन र जाग्यो नेपालको सहयोगि हातहरुले गर्दा यो राहत सामग्री वितरण गर्न सम्भव भएको आशिष बताउँछन ।