
धत!के गरेको यस्तो?भो यस्तो नाई नगरी दिनुहोस् !
म लास हुँ लास चलाउने बिन्ठ्याई नगरी दिनुहोस् !
घरकै मेलमिलापको खाँचो छ आमाको आँखालाई ।
आज देखि यो झैझगडा दाजुभाई नगरी दिनुहोस !
ए अनाथ हो सिट्टि बजाईहाल्छ ,लठ्ठी लगाईहाल्छ ।
यो सिंहदरबार छेउछाउको बसाई नगरी दिनुहोस् !
जान्ने,बुझ्ने भएरै सिमाना हुँदै चोकमा उभिएकोछ ।
बा,यो सालिकलाई सम्झाई बुझाई नगरी दिनुहोस्!
न कुनै उदेश्य हुन्छ न कुनै गन्तव्य हुन्छ फकिरको ,
यी विभिन्न मान्छेसंग तुलना मलाई नगरी दिनुहोस !
