काठमाडौं : उप-प्रमुख सुनिता डंगोलको अगाडि बालबालिकाले गरे नगर सभाको अभ्यास

निराज रानाभाट
काठमाडौं : लिला राई फाउन्डेसन र नेपाल महिला एकता समाजको आयोजनामा ” राजधानी नगर सभा ” कार्यक्रम सम्पन्न भएको छ । दरबार हाइ स्कुल ( भानु मा.वि )को सभा हलमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकि उप – प्रमुख सुनिता डंगोल  उपस्थित थिइन् । उनले बालबालिकाहरुले आफैले नगर सभाको अभ्यास गर्दै अघि बढ्नु नौलो र सकारात्मक शुरुवात रहेकाले यसको निरन्तरतामा जोड दिइन् । त्यसैगरी , अतिथिका रुपमा आमन्त्रित युवा स्वतन्त्र उम्मेदवार हेमराज थापाले यस किसिमका कार्यक्रमहरुले नीतिनिर्माताहरुलाइ सघाउ पुग्ने नै भएकाले यश तर्फ उनिहरुको ध्यान पुग्न आवश्यक रहेको बताए ।

के हो राजधानी नगर सभा ?

भानु माविकै बाल क्लबको समन्वयमा आयोजित कार्यक्रम बाल क्लब पुर्व सदस्यद्वय राजाराम बस्नेत र प्रविन सिलवालको अवधारणा हो । राजधानी महानगर भनेर काठमाडौं जिल्ला भित्रै एक काल्पनिक महानगर परिकल्पना गरिएको र त्यस महानगरमा बालबालिकाका लागि त्रिवर्षिय योजना नगर सभामा प्रस्तुत गरिएको थियो । कार्यक्रममा त्यस काल्पनिक राजधानी महानगरका प्रमुख , उप – प्रमुख , प्रमुख प्रशासकिय अधिकृत , नगर सभा सदस्य , प्रवक्ता र पत्रकारको भुमिकामा १३ बालबालिकाहरुले प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तावको सम्भावना र अवसरको चर्चा गर्दै सकारात्मक पक्षलाई जोड दिदै २ जना नगर सभा सदस्यले प्रस्तावलाइ पास गर्नुपर्ने मत दिएका थिए । त्यसैगरी , सम्भावना र चुनौतीका विषयमा २ जना नगर सभा सदस्यले प्रस्ताव माथि पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए । यस नगर सभामा भने सदस्यले प्रस्ताव गरेका हुन । नगर सभा बैठकको समापन पछि महानगर प्रवक्ताले पत्रकार सम्मेलनमार्फत पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै सुचना प्रदान गर्छन ।

कार्यक्रममा बालबालिकाहरुले महानगर भित्र रहेको सडक बालबालिका र श्रमिक बालबालिका देखि हिंसा र दुर्व्यवहारमा परेका बालबालिकाहरुको विषय जोडदार रुपमा उठाएका थिए ।

कार्यक्रममा विश्व निकेतन मा वि कि छात्रा स्वस्तिका तिमल्सिना सर्वोत्कृष्ट वक्ता घोषित भइन् । उनले ट्रफी , मेडल र प्रमाण – पत्र पुरस्कार स्वरुप प्राप्त गरिन् । त्यसैगरी , उत्कृष्ट १० भित्र पर्न सफल सबै सहभागी विद्यार्थीहरुलाइ विषेश अथिती २७ नम्बर वडाका वडाध्यक्ष योगेश कुमार खड्कीबाट पुरस्कार तथा प्रमाण – पत्र वितरण गरिएकाे थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट आमन्त्रित अतिथि र विभिन्न विद्यालयका गरि कुल ९५ जनाको उपस्थिति रहेको थियो ।