कैलालीमा बाढीले बगेर बेपत्ता भएका पुरुष मृत फेला

कैलाली : कैलालीमा बाढीले बगेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन्।

भजनी नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीले बगाएर शनिबार बेपत्ता भएका थिए।

उनको शव आइतबार वडा नम्बर ८ जनकपुर नजिक फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाले धनजनको क्षति भएको छ।