भोलि अक्षरहरु मरे भने के होला

हामिले लेखिरहेका अक्षर,हामिले पढिरहेका अक्षर, यी अक्षरहरुको जन्म कसरी भयो होला? किन भयोहोला? यदि अक्षर नभैदिएको भए के हुन्थ्यो होला? अक्षर बिनाको संसार सोच्नुस त कस्तो हुन्थ्यो होला?

किताब यात्रा फाउन्डेसनले आयोजना गरेको किताब जात्रा महोत्सवमा एउटा नाटक मञ्चन गरिएको थियो। नाटकको नाम थियो “अक्षरारम्भ”। ढुङ्गेयुग देखि वर्तमान समय सम्म मानिसको बिकासक्रमलाई अक्षरको उत्पतीसँग जोडेर नाटक मञ्चन गरिएको थियो। अक्षरको उत्पतीसँगै बिश्वमा चमत्कारिक रुपमा अविश्वशनिय, अदभूत आविष्कार हुन थाले।

मानिसले प्रबिधिको क्षेत्रमा अपत्यारिलो प्रगती गर्‍यो । अनि तिनै प्रगतिले मानिसमा आएको लोभ लालच, घमण्ड अनि त्यसैले निम्त्याएको युद्ध । ज्ञानको दुरुपयोगले अन्तत अक्षरमाथी नै गरिएको प्रहारलाई नाटक मार्फत निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको थियो।
सिम्बोलिक रुपमा प्रयोग गरिएको रङहरुले नाटक लाई थप आकर्षक बनाएको थियो। जङ्गलियुग हुँदै कृषि युग बिस्तारै बिकास अनि पैसा शक्तिको उदय त्यसले निम्ताएको युद्ध । युद्धपछिको सन्नटा। पुन बिकास अनि हराउँदै गएको मानविय संबेदनालाई मंचमा उतारिएको थियो।

अक्षर नै हो, जसले मानिसलाई आजको दुनियाँमा प्रवेश गरायो। अक्षर ज्ञानको पहिलो स्रोत हो। तर ज्ञान सकारात्मक मात्रै नभएर नकारात्मक पनि हुन सक्ने रहेछन्। मान्छेहरु अक्षरको ज्ञानले जति बिकसित भए उति नै बिनाशको बाटो पनि हिडें कि भन्ने संकेत नाटकका थियोे। नरसंहार गर्ने ठुलाठुला युद्ध भएका थिए बिगतमा र अझैपनि शक्ति राष्ट्र बिच शितयुद्द चलिरहेको इसारा नाटकमा थियो।

वर्तमान समयमा इन्टरनेटको माध्यमबाट मानिसलाई धेरै काम घरमै बसेर गर्न सहज भएको छ भने अर्कोतर्फ ईन्टरनेटले गर्दा सामाजिक सन्जालको प्रयोग अत्याधिक हुने गरेको छ। सामाजिक सन्जालले मानिसलाई किताब बाट पर धकेलेको छ। किताब पढ्ने संस्कृति माथी सामाजिक सन्जाल हाबी हुन थालेको तितो यथार्थ नाटक मार्फत देखाईको थियो।

सरस्वती अधिकारीको परिकल्पना र निर्देशन रहेको नाटकको लेखन भने सालिक भण्डारीले गर्नु भएको थियो।आजको विश्व, तिव्र रुपले अगाडि बढिरहेको छ। विज्ञान प्रविधिले भौतिक दुरि सांघुरिएको छ। ज्ञानले चमत्कारिक परिवर्तन भैरहदा ज्ञानको स्रोत माथी नै प्रहार रोकिएको छैन। सामाजिक सन्जाल, इमेल ईन्टरनेट को बिकाशले मानिस किताब बाट टाढा जान थालेका छन। किताब फेरि हेलामा पर्न थालेको छ। जुन किताब र अक्षरको ज्ञानले मानिसलाई यो सुबिधा उपलब्ध गरायो । तिनै अक्षर र किताब बिरामी पर्न थालेका छन। किताबलाई हेला गर्न थालिएको छ।

यहि अवस्था रहिरहने हो भने, एकदिन किताब नभई सबै डिजिटल मात्र भैदिदा हाम्रो समाज कस्तो होला? तपाई कल्पना गर्नुस त, अक्षर बिनाको जीवन, किताब बिनाको समय। के यो सम्भव छ? सबै ईन्टरनेटमै पाईन्छ किन चाहियो किताब भन्न थालिसकिएको छ। कतै आफ्नै ज्ञानले जन्माएको प्रबिधिको कारण किताब आफै संटकमा परेको त होईन? के किताब बिनाको संसार कल्पना गर्न सकिन्छ? के यो सम्भव छ? यदि किताब भएन भने के होला? अक्षर भएन भने के होला? प्रश्न गर्दै नाटक सकिएको छ।

कवितात्मक, नृत्य र सङीतले सजिएको नाटक गरेर दृश्य सादृश्यको उद्घाटन भेएको घोषण उक्त मञ्चबाट दृश्य सादृश्यका कला निर्देशक सालिक भण्डारीले गर्नुभएको थियो भने नाटक मञ्चनमा सहयोग पुर्याउने र आयोजनका लाई धन्यवाद ज्ञापन दृश्य सादृश्यका अध्यक्ष सरस्वती अधिकारीको रहेको थियो। उक्त नाटकमा सालिक भण्डारी, पुष्पराज अवस्थी, सुवास सुवेदी, शान्ती भट्टराई, रुपक काफ्ले, सागर भट्टराई, सदिच्छा गौतम, सुस्मिता मालबुल, अनिसा घिमिरे, सान अधिकारी र सुशील सिंह ठकुरीले अभिनय गरेका थिए।