दैलेखको चामुण्डामा ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते

विकाश कार्की
दैलेख :दैलेखको मध्यपहाडी लोकमार्ग अन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा न ६ स्थित नुवाकोटमा ट्याक्टर दुर्घटना भएको छ ।आइतबार साझ ५ बजेतिर ठाटिकाध गाउँपालिकामा डिजल पुर्याएर दैलेख बजार फर्किने क्रममा ना.७.त.२२८१ नम्बरको ट्याक्टर अनियन्त्रीत भइ दुर्घटना भएको हो ।

दुर्घट्नामा ट्याक्टर चालक नारायण नगरपालिका वडा नम्बर २ जाहरकोटका दिपेन्द्र थापा र सोहि ठाउँका सहचालक प्रकाश मल्ल घाइते भएका छन ।घाइते चालक र सहचालक दुबै जनाको स्थानिय स्वास्थ क्लिनिकमा उपचार भैरहेको स्थायी प्रहरी चौकी जम्बुकाधले भिजन न्यूज नेपाललाई जानकारी दिएको छ ।

घाइते चालक र सहचालकको हातमा चोट लागे पनि उनिहरुको अवस्था सामान्य रहेको छ ।चालक र सहचालक लाई हाल प्रहरीले नियन्त्रणमा लिइएको छ ।