बैतडीमा बुहारीमाथि जबरजस्ती करणी प्रयास

बैतडी : बैतडीमा बुहारीमाथि जबरजस्ती करणीको प्रयास गरेर ससुरा फरार भएको घटना बाहिरिएको छ।

जिल्लाको सिगास गाउँपालिकामा एक ४८ वर्षीय पुरुषमाथी जवरजस्ती करणील प्रयासको आरोप लागेको हो।

बुहारी नाता पर्ने २३ वर्षीया महिलाले आफुमाथिे जबरजस्ती करणी प्रयास गरेको आरोप लगाएकी हुन्।

भदौ १९ गते राति अन्दाजी १० बजेको समयमा ढोका फुटाएर आफुमाथि जबरजस्ती गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा महिलाले उजुरी दर्ता गराएकी छन्।

रातिको समयमा सुत्ने कोठामै आएर आफुमाथि हातपात गरेको र बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ।