राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजनामा पारा पौडी प्रतियोगिता सम्पन्न


काठमाडौं, राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजनामा तेश्रो सुरेन्द्र मेमोरियल पारा पौडी प्रतियोगिता काठमाण्डौमा सम्पन्न भएको छ । कोरोना कहरको कारणले लामो समय पछि प्रतियोगिता आयोजना भएकोमा खेलाडीहरु उत्साहित भएका छन् ।


चार समुहमा विभाजित उक्त प्रतियोगितामा ३० जना खेलाडीले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा महिला २५ मिटर फ्रि स्टाइल तर्फ जेनिसा कडायत प्रथम भएकी छिन्, उनले ३०.७२ सेकेन्डमा निर्धारित दूरी पुरा गरेकी थिइन् भने अनु राईले ३३.७२ सेकेन्डमा निर्धारित दूरी पुरा गरि दोश्रो स्थान हासिल गर्न सफल भइन् । जुना शाहीले ३४.१६ सेकेन्डमा उक्त दूरी पुरा गरि तृतीय स्थान हासिल गरिन् । उक्त प्रतियोगितामा इश्वरी कुमाल सहित ४ जनाको सहभागिता रहेको थियो ।


त्यसै गरि महिला तर्फकै इम्पुटी २५ मीटर फ्रि स्टाइल तर्फ पार्वती खत्रीले प्रथम स्थान हासिल गरेकी छिन्, उनले ३२.४० सेकेन्डमा निर्धारित दूरी पुरा गरेकी थिइन् भने क्रमशः छवि कुमारी ओलीले ४१.६५ सेकेन्डमा निर्धारित दूरी पुरा द्धितिय, हेमकुमारी राईले ४२.४३ सेकेन्डमा निर्धारित दूरी पुरा तृतीय स्थान हासिल गरेकी छिन् ।


पुरुष तर्फ इम्पुटी २५ मिटर फ्रि स्टाइल तर्फ १९.८० सेकेन्डमा निर्धारित दूरी पुरा गरि हर्कमान घर्तीले प्रथम स्थान हासिल गरेका छन् भने खुम पाण्डेले २४.६६ सेकेन्डमा निर्धारित दूरी पुरा द्धितिय स्थान र डम्वर मगरले २६.९८ सेकेन्डमा निर्धारित दूरी पुरा तृतीय स्थान हासिल गर्न सफल भएका छन् । उक्त प्रतियोगितामा सोमबहादुर सुनार र अजय कुमार यादव सहित ५ जनाको सहभागिता रहेको थियो ।


२५ मिटर पुरुष फ्रि स्टाइल तर्फ १९.६४ सेकेन्डमा निर्धारित दूरी पुरा गरि अकल बहादुर तामाङ्गले प्रथम स्थान हासिल गरेका छन् भने विराज भट्टले २०.२३ सेकेन्डमा निर्धारित दूरी पुरा द्धितिय स्थान हाँसिल गरे भने विष्णु पुकार श्रेष्ठले २२.७५ सेकेन्डमा निर्धारित दूरी पुरा तृतीय स्थान हासिल गर्न सफल भएका छन् । उक्त प्रतियोगितामा दिपक तामाङ्ग, जय खत्री, विष्णुकान्त चौधरी,सन्देश चौधरी, लक्ष्मीराज भट्ट, तिलक चौधरी, सन्तोष कार्की सहित १२ जनाको सहभागिता रहेको थियो ।

राष्ट्रिय पारा पौडी संघ नेपालले प्रथम स्थान हासिल गर्ने खेलाडीलाई स्वर्णपदक सहित प्रमाणपत्र र नगद रु. एक हजार, पाँच शय, द्धितिय हुने खेलाडीलाई रगत पदक, प्रमाणपत्र र नगद रु. एक हजार तथा तृतीय हुनेलाई काँस्य पदक, प्रमाणपत्र र नगद रु. एक हजारले सम्मानित गरिएको संयोजक लोजक लामा रईट बताए ।


पिस क्लव, जोरपाटीमा राष्ट्रिय पारालिम्पक कमिटी नेपाल कि अध्यक्ष मानीय राधा घलेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल विशिष्ट अतिथि रहेका थिए भने विशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका वडा नंं ५ का अध्यक्ष, गोकर्णेश्वर नगरपालिका वडा नंं ६ का अध्यक्ष, अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष, राष्ट्रिय अपाङ्ग महासंघका पूर्व केन्द्रिय सदस्य, राष्ट्रिय पारालिम्पिक कमिटी नेपाल तथा राष्ट्रिय पारा पौडी संघ नेपालका उपाध्यक्ष श्री उदय बहादुर लिम्वु, राष्ट्रिय पारालिम्पिक कमिटी नेपालका सचिव विश्वास बस्नेत, उपमहासचिव दिपक के.सी, लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका संयोजक दिपक गुरुङ्ग, प्रमुख सेनानी सञ्जय के.सी, अजयराज जोशी, इरो सुसी, लण्डन, छिरिङ लोब्राङ रहेका थिए ।


राष्ट्रिय पारा पौडी संघ नेपाल का अध्यक्ष सरोज श्रेष्ठको सभापतित्वमा आयोजित उक्त प्रतियोगितामा बोल्दै राष्ट्रिय पारालिम्पक कमिटी नेपाल कि अध्यक्ष मानीय राधा घलले यस्ता प्रतियोगिताले अपाङ्गता भएका खेलाडीहरुको आत्माबल बढ्नुको साथै खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन पाउने बताउँदै पारा खेलको विकास र विस्तारको लागि प्रदेश सरकार तथा स्थानीय सरकार संग समन्वय गर्ने बताइन् ।

त्यसै गरि विशिष्ट अतिथि दिपक रिसालले आफ्नो शुभकामना मन्तव्यमा पारा खेलाडीहरुको खेलको प्रशंसा गर्दै पारा खेलाडीहरुको सहजताको लागी नगरपालिकाले एम्वुलेन्स सेवा, ह्विल चियर मर्मतका साथै पारा खेलको विकास र विस्तारको लागि जग्गा उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरे ।


स्विमिङ प्यारेन्ट एशोशियशनले खेलाडी तथा प्रतियोगितामा सहभागीहरुको लागि भोजनको प्रवन्ध गरेको उक्त कार्यक्रममा जोशी ट्रस्ट, लुम्विनी फुड प्रोडक्ट, नेक्ट्स ग्लोवल एप्लाइन्सेस्, युरो स्कुल चन्द्रागिरी, दिपेश पेपर उद्योग, व्रविम सेभिङ एण्ड क्रेडिट कोअपरेटिम, होम साइन्स नेपाल, ताप्लेजुङ सरोकार केन्द्रको सहयोग रहेको थियो भने मिडिया पार्टनरमा भिजन न्युज नेपाल, रेडियो सिटी एफ.एम. ९८.८, स्मार्ट मिडिया सर्भिसेजको साथ रहेको थियो । आयोजकको तर्फबाट प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत प्रतियोगितामा सहयोगीको भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

खेलाडीहरुलाई ७ दिनको प्रशिक्षण पछि प्रतियोगिता आयोजना गरिएको थियो, पारा ओलम्पियत लक्ष्मी कुवँर, रमेश खत्री, फिनाका सर्टिफाइड रेफ्री विजेन श्रेष्ठ लगायतले खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए ।


राष्ट्रिय पारा पौडी संघ नेपाल ले नेपालमा अपांगता भएका व्यक्तिहरुको पारा पौडी खेलको विकास र विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता हुने अवसरहरुको खोजी गरी सवै प्रकारका आपङ्गता भएका खेलाडीहरु जस्तैः एम्पुटिज, दृष्टिविहीन, शाररीक तथा बहुअपाङ्गता भएका खेलाडीहरु समेतको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन र सहभागिता गरी राष्ट्रको गौरव बढाउदै आएको संस्थाका अध्यक्ष सरोज श्रेष्ठ बताए ।