जन उपभोक्ता मञ्च नेपालको महाधिवेशन सम्पन्न, इश्वर रिजाल अध्यक्षमा निर्वाचित

काठमाडौं :   नेपालमा विशेष गरि धेरै राजनैतिक, भाषिक तथा साँस्कृतिक आन्दोलनहरू चलिनै रहे ।

वि.स. २००७,२०४६,२०६२÷६३ यी सबै आन्दोलन जनताको प्रत्यक्ष हितका लागि भनिएता पनि जनताको उचित जनजीवनलाई खासै परिर्वतन नभएको हो कि भन्ने अझै पनि जनतालाई बेला बेलामा आभास हुने गरेको छ । दैनिक उपभोग्य बस्तुको चरम कालो बजारि र उपभोग्यबस्तुमा मिसावटले जनताको स्वास्थ्यमा प्रतिकुल असर पारेको छ ।

नेपालको संविधान २०७२ को भाग ३ को धारा ४४ ले उपभोक्ताको हकलाई मौलिक हकमा समावेश गरेतापनि उपभोक्ता अझै ठगिन, कालो बजारीको चग्गुलमा पर्न र अखाद्य बस्तुको उपभोग गर्न बाध्य रहेका छन्, यसै विच दशैंको नजिकिदो समयमा जनता संग प्रत्यक्ष सरोकार राख्ने जन उपभोक्ता मञ्च नेपालको तेस्रो राष्ट्रिय अधिवेशन काठमान्डौमा सम्पन्न गरेको छ । उक्त अधिबेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ जसमा अध्यक्ष ईश्वर रिजाल चयन भएका छन् भने रमेश देवकोटा र राम कुमार गिरी उपाध्यक्ष , गोकर्ण बहादुर कुँवर महासचिब , सुधन मरासिनी, तारा घिमिरे र निरोज प्रधान सचिव, रमेश श्रेष्ठ कोषाध्यक्षमा चयन गरेको छ ।

उक्त कार्यक्रम मा बोल्दै आउने दिनमा उपभोक्ता को अधिकारका लागि डटेर अगाडि बढ्ने र बिभिन्न देशबाट आयतित बस्तुको मुल्याकंन र ल्याब टेस्ट गरि कानुनी दायरामा ल्याउने कुरा महासचिव कुँवरले जानकारी गराए ।

उक्त कार्यक्रममा ग्रीन एन्ड क्लिन आशिका फाउन्डेसनका अध्यक्ष आशिका तामाङले समेत आफ्नो बिचार राख्दै तत्काल राजमार्गका होटलहरूको अनुगमन गर्न सुझाव दिइन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित सचिव सुधन मरासिनीले भारतबाट आउने तरकारीको ल्याब टेस्ट गरिनुपर्छ र यहि हाम्रो पहिलो मुद्दा हुन्छ भन्दै सरकारलाई सचेत रहन समेत आग्रह गरे ।